१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

चार एसएसपी डिआइजीमा बढुवा सिफारिस

Logo
प्रकाशित बुधबार, चैत्र ३०, २०७८

ABC ( Sanchar)  काठमाडौं । नेपाल प्रहरीमा धेरै पछि ज्येष्ठताका आधारमा डिआइजी बढुवा भएको छ । चार रिक्त पदमा ज्येष्ठताक्रमअनुसार अघि रहेका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र चौधरी र मसाउँद आलम खाँ बढुवामा परेका हुन् । उनीहरुमध्ये चौधरीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् भने अन्य तीन जनाको जागिर अवधि ११ महिना छ ।सिनियर टोलीमध्येका प्रदीप श्रेष्ठ भने बढुवामा छुटेका छन् । जुनियर टोलीका एसएसपी पनि बढुवाको दौडधुपमा रहेकोमा अन्ततः सरकारले सिनियरलाई नै बढुवा गरेर न्याय गरेको छ । यससँगै अब नयाँ टोलीको बढुवा चुनावपछि मात्र हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!