२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सरकारी गाडी

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरिएको हो । सो नगरपालिकाका वडा अध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेको जनाइएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये यसअघि गौर, चन्द्रपुर, बोधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिसकेका छन् रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!