ललितपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ स्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।जयबहादुर लोप्चनको ढुंगा र माटोले बनेको दुई तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको उनले बताए।
सो घरमा आगलागी भएको भन्ने खबरपछि प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो।टोलीले ७२ वर्षीया कान्छीमाया लोप्चनको शव निकालेको प्रहरी उपरीक्षक शाहले बताए। घरका अन्य ७ जनाको सकुशल उद्धार गरिएको थियो।
४ लाख बराबरको सुन, ६ तोलाको सुन लगायत गरी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।रास्स