२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

झुम्का कारागारमा झडप

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

इटहरी । चौकीदारको सरुवा भएपछि झुम्का कारागारमा लफडा भएको छ । सुनसरीको रामधुनीमा रहेको झुम्का कारगारका ‘ए ब्लग’का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि लफडा भएको हो ।

सरुवा भएपछि को चौकीदार बन्ने भन्ने विषयमा दुई समूहबीच झडप भएपछि २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंहथापाले घटनाको कारण’bout आफूलाई थाहा नभएको भएपनि दुई समूहबीच झडप भएको जानकारी दिए । ‘घटनाको कारण’bout मलाई पनि सबै जानकारी भएन, तर दुई समूहबीच झडप भएको हो,’ उनले भने, ‘घटनामा ६ जना घाइते भएकाले उपचारका लागि वीपी प्रतिष्ठान धरान पठाइएको छ ।’

यता, झुम्का कारगारका जेलर प्रदीप शाहका अनुसार बुधबार दिउँसो ‘ब्लक बी’ का कैदीबन्दीको समूहले झडप गर्दा २५ जना घाइते भएका छन् । जसमध्ये ६ जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने बाँकी अन्यको सामान्य उपचारपश्चात कारागारमै रहेको शाहले जानकारी दिए ।

झुम्का कारागारको ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राई र ए ‘ब्लग’का जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको समयमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो । उनीहरूलाई उतैबाट सरुवा गरेको खुलेको थियो । स्रोतका अनुसार राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भीमफेदी कारागारमा सरुवा गरिएको छ । उनीहरूको सरुवा भएपछि कैदीबन्दीहरूले कारागारमै मंगलबार साँझ नाराबाजी समेत गरेका थिए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!