२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन गर्नेहरुलाई ‘नोटिस’मा राखेको बताए।निर्वाचन आचारसंहिता उल्लंघनका घटना आयोगले ‘नोटिस’ गरिरहेको छ। सम्बन्धितलाई आयोगले पत्राचारसमेत गरिरहेको छ,’ पौडेलले भने, ‘कतिपय अध्ययन भइरहेको छ। यसमा बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारबाही हुन्छ।’

उनले चुनाव चिन्हको सबालमा आधिकारिक व्यक्तिले दत्खस्त गरेर दिएको अवस्थामा अरु पार्टीको चुना चिन्हबाट लड्न पाउने बताए। ‘आधिकारिक चिन्ह लिएको उम्मेदवार त्यहीँ पार्टीको हो भनेर चिनिन्छ। जुन दलको चुनाव चिन्ह लिएर लड्यो त्यो त्यहीँ पार्टीकै उम्मेदवार मानिन्छ,’ उनले भने।

त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि निर्वाचन सञ्चालन तथा कार्य व्यवस्थापन प्रादेशिक प्रशिक्षण सम्पन्न भएको उनले बताए। त्यस्तै प्रशिक्षण जनकपुर, बुटबल र हेटौडामा पनि आयोजना हुने उनको भनाइ थियो।

उनले निर्वाचन आचारसंहितामा योगदान पुर्‍याउन विभिन्न प्रदेशमा सञ्चारकर्मीलाई अभिमुखीकरण दिनेसमेत जानकारी दिए।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!