२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन गर्नेहरुलाई ‘नोटिस’मा राखेको बताए।निर्वाचन आचारसंहिता उल्लंघनका घटना आयोगले ‘नोटिस’ गरिरहेको छ। सम्बन्धितलाई आयोगले पत्राचारसमेत गरिरहेको छ,’ पौडेलले भने, ‘कतिपय अध्ययन भइरहेको छ। यसमा बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारबाही हुन्छ।’

उनले चुनाव चिन्हको सबालमा आधिकारिक व्यक्तिले दत्खस्त गरेर दिएको अवस्थामा अरु पार्टीको चुना चिन्हबाट लड्न पाउने बताए। ‘आधिकारिक चिन्ह लिएको उम्मेदवार त्यहीँ पार्टीको हो भनेर चिनिन्छ। जुन दलको चुनाव चिन्ह लिएर लड्यो त्यो त्यहीँ पार्टीकै उम्मेदवार मानिन्छ,’ उनले भने।

त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि निर्वाचन सञ्चालन तथा कार्य व्यवस्थापन प्रादेशिक प्रशिक्षण सम्पन्न भएको उनले बताए। त्यस्तै प्रशिक्षण जनकपुर, बुटबल र हेटौडामा पनि आयोजना हुने उनको भनाइ थियो।

उनले निर्वाचन आचारसंहितामा योगदान पुर्‍याउन विभिन्न प्रदेशमा सञ्चारकर्मीलाई अभिमुखीकरण दिनेसमेत जानकारी दिए।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!