०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

दुर्घटनामा ४ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : रौतहटको गुजरा नगरपालिका ४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ईण्डो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दाङको घोराही उपमहानगरपालिका-११ खैरास्थित सडकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा. १ ख ७८४ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार सोही ठाउँ बस्ने ८ वर्षीय बिशाल बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, बारबर्दिया नगरपालिका-५ बनघुस्रीस्थित खेतमा भे.१ त ९४२६ नम्बरको ट्याक्टरमा जडान गरिएको थ्रेसरबाट गहुँ झार्ने क्रममा उक्त थ्रेसर मेशिनमा पर्न गई सोही ठाउँ बस्ने ४१ वर्षीय चित्रा थारुको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा.१९ च ४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका ११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा.१९ च ४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका ११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका स्कर्पियोमा सवार १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]