२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

राणाविरूद्धको महाअभियोगमा सर्वोच्चले मगायो कागजात

Logo
प्रकाशित शुक्रबार, बैशाख ०२, २०७९

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता पुण्यप्रसाद खतिवडाले दिएको रिटको सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलास राणाविरूद्धका कागजात पेस गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।आजको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसी थिए।

गत फागुन १ गते सत्तारूढ दलका ९८ सांसदले राणाविरूद्ध महाभियोग दर्ता गरेका थिए। राणाविरूद्धको महाअभियोग असंवैधानिक भन्दै अधिवक्ता खतिवडाले रिट दायर गरेका थिए।संसदमा महाअभियोग दर्ता भएर महाअभियोग सिफारिस समिति गठन भएको छ। समिति गठन भए पनि राणामाथिको छानबिन सुरू भएको छैन। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!