काठमाडौं, वैशाख २
पर्सामा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले बालिकामाथि बलात्कार गरेको आरोपमा बारा प्रसौनी गाउँपालिका-५ घर भई पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
घटना चैत २६ गते दिउँसो १ बजे भएको उनले बताए।
चौधरीले पीडित बालिका खेल्न गएको मौका छोपेर जबरजस्ती करणी गरेको आरोप छ। सो घटनाबारे पीडित परिवारले शुक्रबार जाहेरी दिएका थिए।रास्स