२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

अवकाशअघि नै नेपाल प्रहरीका एआइजी र डिआइजी बिदामा

Logo
प्रकाशित शुक्रबार, बैशाख ०२, २०७९

काठमाडौं । अवकाशको मुखमा नेपाल प्रहरीका केही उच्च अधिकारी बिदामा बसेका छन् । केही भने फौजी परम्पराविपरीत अन्तिम दिनसम्म पनि बिदामा नबस्ने मनस्थितीमा छन् ।एआइजी प्रद्युम्न कार्की बिदामा बसेका छन् । तर, उनका ब्याचका अन्य एआइजीहरु हरिबहादुर पाल, निरज शाही र बसन्त कुमार पन्त भने बिदामा बसेका छैनन् ।

त्यस्तै, डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु बार्की, गणेश ऐर, पुरुषोत्तम कँडेल लगायत पनि बिदामा बसेका छन् । हालै एआइजी बनेका बसन्त पन्त प्रदेश समन्वयको जिम्मेवारीमा भएपनि उनको खासै काम छैन । एक महिनाका लागि एआइजी भएकाले उनले पनि बिदामा बस्न चाहनेनन् ।संगठन प्रमुख समेत बिदामा बस्ने प्रचलन भएपनि शैलेश थापा क्षेत्री बिदामा बस्न पाएका छैनन् । सरकारले नयाँ आइजिपी नियुक्तिको विषयमा समयमा निर्णय लिन नसक्दा यस्तो अन्योलता आएको हो ।

१९ बैशाखमा महानिरीक्षक क्षेत्री र उनका ब्याचका एआइजी, डिआइजी र एसएसपीले अवकाश पाउँदैछन् । त्यसपछि एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धिरजकुमार सिंह र रबिन्द्र बहादुर धानुकमध्ये एक आइजिपी हुनेछन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!