२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

अदालतले डीएसपी रमेश सिंह माथि सरकारी कागजात कीर्ते गरेको पुष्टि

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं विशेष अदालतले डीएसपी सिंहलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई गत चैत २७ गते आइतबार उनलाई दोषी ठहर गरेको हो। सिंहलाई सजाय भने तोक्न बाँकी रहेको छ ।

सिंहले जन्ममिति सच्याएर सेवा प्रवेश गर्दै निरन्तरता दिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ विपरित काम गरेको भन्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी दोषी ठहर भएका हुन ।

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए । सशस्त्र द्वन्द्वको समय थियो ।

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा नतिजा प्रकाशित गरेको थियो । आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । ती मध्ये एक थिए, रमेश सिंह । उनै रमेश सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए ।

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

एसएसलीको लब्धांकपत्र अनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए ।

प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य थिए । त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए । नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए ।

तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी योग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमा समेत उनको उमेर २०३२ माघ १२ गते नै थियो ।
नागरिकता लगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर । पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको ‘२’ को ठाउँमा ‘३’ बनाएर सच्याएको पाइएपछि उनी दोषी ठहर भएका हुन ।

डिएसपी सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल ल क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसम्मलाई गुमराहमा राखेको थिए । उनले २०३२ को अन्तिमको ‘२’ रहेको स्थानमा ‘३’ बनाएको उक्त डकुमेन्ट नै ‘फेक’ भएको प्रमाणित भएको छ ।

डिएसपी सिंहको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी भएको रजिस्ट्रेसन नम्बर २५८६२–९२ हो। यो रजिस्ट्रेसन नम्बर लिँदा उनको जन्ममिति २०३२ माघ १२ नै थियो। तर उनले प्रहरी निरीक्षकमा भर्ना हुन जन्ममिति सच्याएर नागरिकता र स्कूलको चारित्रिक प्रमाणपत्र बनाइसकेका थिए। सोही अनुसार त्रिविको सर्टिफिकेटमा २०३२ को ‘२’ को ठाउँमा ‘३’ बनाएर पेश गरी प्रहरी सेवामा प्रवेश गरेको थिए।

अख्तियारले छानबिन अघि बढाएपछि डिएसपी सिंहले बौद्धमा कार्यरत रहँदा एसएसलसीको चारित्रिक प्रमाणपत्रमा ‘२०३२’ को ठाउँमा ‘२०३३’ बनाएका थिए।
२०३३ बनाएको चारित्रक प्रमाणपत्र नयाँ देखिने भएकाले ध्वाँसोमा दलेर पुरानो बनाएर ल्याउनु भन्दै एक सिपाहीलाई जिम्मा समेत दिएको अनुसन्धानमा खुलेको थियो ।

त्यही ध्वाँसोमा दलेको जन्ममिति २०३३ कायम गरिएको एसएलसीको चारित्रिक प्रमाणपत्र र नागरिकताको फोटाकपी लिएर जन्ममिति सच्याउन उनी परीक्षा नियन्त्रण कार्यालय बल्खुसमेत पुगेका थिए ।

यी दुईलाई आधार बनाएर पेश गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जन्ममिति २०३३ माघ १२ हुन पाउँ भन्दै सिंहले निवेदन दिएका थिए । सोही निवदेनको आधारमा २०७७ मंसिरको २२ गते जन्ममिति २०३३ माघ १२ गते बनाई रजिस्ट्रेसन नम्बर जारी गरिएको जवाफ बल्खुको थियो। तर अख्तियारले छानबिन गरेपछि नयाँ रहस्य खुलेको थियो पछि आफैंले जारी गरेको रजिस्ट्रेसन नम्बर नै बल्खुले खारेज ग¥यो ।

छानबिन सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुले भनेको थियो , ‘सिंहको जन्ममितिको बारेमा शंका लागेर छानबिन गर्ने क्रममा नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दा सिम्बोल नम्बर ०७०००५४ ‘बी’ बाट २०४८ सालमा सम्मिलित परीक्षार्थी रमेश बहादुर सिंहको जन्ममिति २०३२ माघ १२ रहेको भनी उल्लेख भई आएको हुँदा यसअघि जारी भएको जन्ममिति २०३३ माघ १२ गतेलाई खारेज गरिएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!