२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

लुकाएर राखेको अवस्थामा एसएलआर राइफल फेला

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो ।सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा ‘अपरेशन महाहन्ट–८’ सञ्चालन गरिरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका–५ स्थित घुस्तुङ खोलाको ओडारमा बोरामा बेरेर लुकाएको अवस्थामा सो राइफल बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!