१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सिरहा प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

सिरहा प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्। देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको […]