२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नेपाल प्रहरीमा एसएसपीको १२ सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा सुरु कोको छ्न?

Logo
प्रकाशित आइतबार, बैशाख ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा एसएसपी पदमा १२ सिट खाली छ । खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिएको छ । निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो । प्रहरी उपरिक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि आयोगले अनुमति दिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए ।

चैत ३० मा चारजनालाई एसएसपीहरुलाई गृह सचिव नेतृत्वको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेसँगै वरिष्ठ उपरीक्षकमा १२ सिट खाली भएको छ । सो सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा आएका अधिकृतहरु बरियताको सुचिमा अगाडी छन् । सिद्धि बिक्रम शाह बढुवाको दुई नम्बर वरियतामा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशिल सिंह राठौर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर बिक, गणेश चन्द, उमा प्रसाद चतुर्वेदी, ओम बहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ र बिमल बस्नेत प्रतिस्पर्धामा छन् । बरियता सुचिमा अगाडी रहेका अधिकृतहरु गणेश चन्द बाहेक सवै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका हुन् । सिद्धि बिक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए ।

वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी र दान बहादुर कार्की पनि प्रतिस्पर्धामा छन् । नयाँ ब्याचबाट प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काबिल अफिसरको रुपमा चिनिन्छन् । बढुवा समितीले यसअघि डीआईजीमा बढुवा गर्दा वरियतामा अगाडी रहेका अधिकृतलाई मात्र बढुवा सिफारिस गरेको थियो । एसएसपीमा बढुवा गर्दा सोही विधी अपनाए २०५४ मा सेवा प्रवेश गरेका एकजना अधिकृतले मात्र बढुवा अवसर पाउनेछन् । सो ब्याचबाट १ नम्बर बरियता सुचिमा राजन अधिकारी छन् ।रातो-पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!