२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

कैलालीको अत्तरियामा राजा महेन्द्रको शालिक फेरि राखिएकाे छ

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको शालिक फेरि राखिएकाे छ

शालिक पुनर्निर्माण समिति गोदावरी अत्तरियाले सोमबार कार्यक्रम आयाेजना गर्दै उक्त शालिक राखेको हो।

शालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका छन्। यस्तै, बाजागाजासहित स्थानीय र समितिका पदाधिकारीले भत्किएको शालिक फेरि राखिएको भन्दै खुसीयाली मनाएका थिए।

अत्तरिया चोक कुरूप बनेको र इतिहास बचाउने भन्दै राजा महेन्द्रको जनआन्दोलनका बेला भत्काइएको शालिक फेरि राखिएकाे शालिक पुनर्निर्माण समितिका अध्यक्ष हरिदत्त भट्टराईले बताए।

उनका अनुसार १० लाख रुपैयाँ खर्चिएर महेन्द्रको शालिक पुनः राखिएको हाे।निर्माण कम्पनी र कृषि व्यवसायमा आवद्ध नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि हरिदत्त भट्टराईको अध्यक्षतामा २१ सदस्यीय शालिक पुनर्निर्माण समिति बनाइएकाे थियो।

उक्त समितिमा एमाले, कांग्रेस, राप्रपाका सदस्य छन्। माओवादीका भने नरहेको उनले बताए।

‘शासन व्यवस्था जेसुकै आए पनि ऐतिहासिक महत्वका चिजको संरक्षण गर्न शालिक बनाएर फेरि राखिएको हो,’ भट्टराईले भने।

पछाडिको पिँढीलाई इतिहासका शासकबाट राम्रा के काम भए भन्नेबारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ।

शालिकसँगै नेपालको चुच्चे नक्सा पनि धातुबाटै बनाएर चोकमा राखिने उनले बताए। बजेटले भ्याए वरिपरि पानीको फोहरा पनि बनाइने छ।अत्तरिया सुदूरपश्चिम विभिन्न स्थान जान मिल्ने चोक हो। धनगढी, महेन्द्रनगर, डडेल्धुरा र चिसापानीबाट आएका बाटा यहीँ मिसिन्छन्।अत्तरिया चोकमा २०४३ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको शालिक अनावरण गरेका थिए। सुदूरपश्चिमलाई पूर्व-पश्चिम राजमार्गले भर्खरै जोडेको त्यो बेला राजा महेन्द्रको निकै चर्चा थियो।

दोस्रो जनआन्दोलनका बेला त्यो शालिक ढालिएको थियो। शालिकका खट्टा भाँचिएपछि तल खसेको थियो। त्यसको टाउकाको भाग फुटाइएको थियो।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!