२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कुन र कति हतियार ल्याउने भनेर सुरक्षाको कारण बताउन सक्ने अवस्था छैन’ सहायकरथी सिल्वालले भने, ‘हतियार खरिद प्रक्रियामा छ ।’सेनाले पुराना हतियार सशस्त्र र प्रहरीलाई दिएर आफूले नयाँ हतियार किन्ने रणनीति लिएको छ । २०७८ असार २१ मा तत्कालिन प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर १० हजार थान हतियार प्रहरीलाई दिने सहमति गरेका थिए । प्रहरीलाई इन्सास, एसएमजी र एलएमजी हस्तान्तरण गर्न दुई संगठनको बिचमा सहमति भएको छ ।प्रहरीका लागि कम घातक हतियार र भीड नियन्त्रण गर्ने उपकरण आवश्यक छ । तर, सेनाले अफ्नो लागि हतियार किन्नका प्रहरीलाई पुराना हतियार भिडाएको उच्च सुरक्षा अधिकृतहरूले टिप्पणी गरेका छन् । लडाइँमा प्रयोग हुने इन्सास अहिले प्रहरीका लागि आवश्यक नभएको जानकारहरु बताउँछन् ।सेनाले आफूसँग भएको इन्साससहित करिब २० हजार पुराना हतियार प्रहरी र सशस्त्रलाई हस्तान्तरण गरेर नयाँ किन्न लागेको छ । सैनिक नेतृत्वले मन्त्रिपरिषद्बाट पास गराएर पुराना हतियार लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई बाध्य पार्दै आएको छ ।२०२० मा थ्रिनटथ्री हतियार प्रहरीलाई दिएर सेनाले नयाँ हतियार किनेको थियो । २०२७ मा सेनाले एसएलआर किनेर थ्रिनटथ्री प्रहरीलाई हस्तान्तरण गरेको थियो ।पुराना हतियार अन्य सुरक्षा संगठनलाई दिँदा सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने उच्च सैनिक अधिकृतहरूले दाबी गर्ने गरेका छन् । चैत २७ मा सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई हतियार हस्तान्तरण गर्दै उपरथी अशोकराज सिग्देल क्षेत्रीले टिप्पणी गरेका थिए, ‘यसबाट दुई निकायबीचको सम्बन्ध सुमधुर हुन्छ र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्छ ।’ रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!