ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका ५८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

सोमबार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूहका ५६ जना र कानुन उपसमूहतर्फका २ जनासहित ५८ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो । 