०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

बर्दिया प्रहरीले ७ लाख बराबरको अबैध खशी बोका पिकप भ्यान सहित १ जना

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९


ABC (क्राईमबिट)
बर्दिया । अबैध खसी बोकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राज कुमार बानिया रहेका छन ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं.६ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी ग.३ च. ४७५७ नं. को पिकअप गाडीमा ल्याउदै गरेको गाडी सहित बनियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बरामद गरिएका ३७ जिउ अबैध खसी र बोकाको अन्दाजी मुल्य रू. ६,१७,०००÷– बराबरको रहेको छ ।

बानियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!