०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

प्रहरी र स्थानीयबीच झडप, ११ प्रहरी घाइते

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा प्रहरी र स्थानीयबीचन झडप भएको छ । अवरुद्ध वीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोजेपछि दोहोरो झडप भएको हो ।झडपमा परी ११ जना प्रहरी घाइते भएका छन् । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

दोहोरो झडप हुँदा रोकी राखेका केही सवारी साधनमा समेत क्षति पुगेको छ । पिपलभन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई लक्षित गरी ढुङ्गा र खाली बोतल र दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले तलबाट केही राउन्ड अश्रुग्याँस र हवाइ फायर गरेको छ ।बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारबाही र क्षतीपूर्तिको माग गर्दै आज बिहानबाट सडक अवरुद्ध गरेका छन् । झडप रोक्न र अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]