२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा,

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुखको टुंगो लागेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने ललितपुर महानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ । त्यस्तै माओवादी केन्द्रलाई जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!