२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

जसपाको भागमा जनकपुर उपमहानगर परेपछि काँग्रेसको आपतकालीन बैठक

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेपछि धनुषा काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । यहीबीच गठबन्धनको निर्णय आएपछि धनुषा काँग्रेसको बैठक बसेको छ । काँग्रेसका नेता एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गठबन्धनको निर्णयप्रति पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको असहमति रहेको बताए । त्यसबारेमा छलफल गर्न बैठक बसिरहेको उनले बताए । काँग्रेसका अर्का नेता रामकृष्ण यादवले पनि गठबन्धनको यो निर्णयले आश्चर्य लागेको प्रतिक्रिया दिए । यसबारेमा पार्टीको बैठकले आवश्यक निर्णय लिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!