०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

घुससहित पक्राउ परेका असइलाई सफाई

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

१० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका असइले अदालतबाट सफाइ पाएका छन् । असई श्यामबहादुर माझीलाई बुधबार बिशेष अदालतले सफाइ दिएको हो ।अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोकमा कार्यरत रहँदा उनले बेलुका ढिला चल्ने गाडीसँग घुस लिएका थिए । प्रति गाडी दुई हजारका दरले घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को भदौमा पक्राउ गरेको थियो । बिशेष अदालतले उनले घुस लिएको पुष्टि हुन नसकेको भन्दै सफाई दिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!