२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ ।चौतारा सागाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बुधबार म्यादी प्रहरीको प्रशिक्षण कार्य सम्पन्न भए पश्चात् घर फर्किने क्रममा ज्यान गएको हो ।बिहीबार बिहान ६ बजे चौतारा-६ पिपलडाँडास्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर ४० वर्षीय बस्नेतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उनका अनुसार भीरबाट लडेका म्यादी प्रहरी बस्नेतको शव ४० मिटर तल फेला परेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!