बर्दियामा एक युवकको शव भेटिएको छ ।
जिल्लाको राजपुर नगरपालिका–६ बिक्रमपुरका २६ वर्षीय गोपाल थारुको शव भेटिएको हो । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीवार गोपाल मृत भेटिएका हुन् ।
बुधवार बेलुकी घर नफर्किएका उनको खोजी गर्ने क्रममा कुलोको पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।