२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङको लमहीस्थित मस्जिदमा आक्रमणः ८ जना घाइते, एकको अवस्था गम्भीर

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

दाङको लमहीस्थित मस्जिदमा अपरिचित समूहले आक्रमण गर्दा ८ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए । अपरिचित व्यक्तिहरूको समूहले मज्जिद परिसरमै धारिलो हतियार र इँटा प्रहार गर्दा आठजना घाइते भएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

घाइते हुनेहरूमा लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी, ३३ वर्षीय अरसद अली, सववीर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ!         घाइतेमध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।

आक्रमण गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!