२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

चार जना डिआइजीमा बढुवा,

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा भएको छ । सिफारिस उपर उजुरी नपरेपछि गृह मन्त्रालयले बिहीबार बढुवा गरेको हो । उनीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार दज्र्यान्ही चिन्ह लगाएका छन् ।नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक क्षेत्रीले दज्र्यानी चिन्ह सुशोधन गरेका छन् । बढुवा भएका डिआइजीको पदस्थापन भने भएको छैन । उनीहरुलाई प्रदेश इन्चार्जमा पठाउने सम्भावना रहेको स्रोत बताउँछ ।

हाल सातमध्ये पाँच प्रदेशका डिआइजीले अवकाश पाउँदैछन् । त्यसकारण बढुवा लगत्तै उनीहरुले प्रदेश इन्चार्ज पाउने सम्भावना छ । अन्य डिआइजीहरु उत्तम सुवेदी, मुकुन्द आचार्य र पूजा सिंह पनि प्रदेशमा जाने सम्भावना छ । मधेस प्रदेशका उमेश रञ्जितकार, बागमतीका प्रकाजंश कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले १८ बैशाखदेखि अवकाश पाउँदैछन् ।पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै महानिरीक्षक क्षेत्रीले पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उनले निर्देशन दिएका छन् ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!