०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

इप्रका भालुवाङको ठुलो सफलता ठुलो मात्रामा गाजासहित २ पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९


ABC (क्राईमबिट)
दाङ । लागु औषध (गाजा) सहित २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने अन्दाजी बर्ष ३७ का सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला बस्ने अन्दाजी बर्ष ४५ का शिव मोहोमद मिया रहेका छन् ।

बिहीबार बिहान ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नं. ९ कोईराले भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट क्षेत्रमा लागु औषध (गाजा ) कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक शाह सहितको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।


देवीकोट- माैरीघाट सडक खण्डको कोइराले भन्ने ठाउँमा रा.३ प. ८३५ नम्बरको मोटर साईकलमा दुई जना मानिस सवार रही शंकास्पद रुपमा देबिकोटबाट मौरीघाट तर्फ आइरहेको अवस्थामा फेला पारी निजहरुलाई रोकी सोधपुछ गर्दा निजहरुले प्रयोग गरेको मोटर साईकलको लेग-गार्डमा झुण्ड्याई राखेको कालो रंगको प्लाष्टिकको पोका १, शिव महमद मियाले पछाडी बोकेको कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र हेर्दा लागु औषध (गाँजा) जस्तो देखिने बस्तु चार किलो पाँच सय चौरानब्बे ग्राम, नेपाली बाह्र हजार नगद, रेडमिन कम्पनीको मोबाईल १ थान, रा.३ प. ८३५ नम्बरको मोटर साईकल १ थान र शिव महमद मियाको साथमा लाभा कम्पनीको मोबाइल १ थान बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!