१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

एसएसपीको १२ सिट खाली बढुवा गर्न निर्वाचन आयोगको अनुमति प्रहरी प्रधान कार्यालयको बढुवा प्रक्रिया सुरु

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया शुरु भएको छ। चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगले अनुमति दिएसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो।

नेपाल प्रहरीमा हाल एसएसपी पदमा १२ सिट खाली छ। खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिइसकेको गृह स्रोतले जनायो।

निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो। सोही अनुरुप आयोगले मन्त्रालयलाई अनुमति दिएसँगै रिक्त पदको लागि प्रक्रिया अघि बढेको हो।

१२ सिटको लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गर्ने टोलीबाट प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन। उनी निर्मला पन्त प्रकरणमा निलम्बनमा परेर मुद्दा खेपेका प्रहरी अधिकृत हुन्।

कञ्चनपुरमा हत्या गरिएकी पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन्। पन्त बलात्कार तथा हत्याकाण्डमा तानिएका बिष्टमाथि लागेको निलम्बन फुकुवा भइसकेको छ। त्यसैले उनको प्रबल सम्भावना रहेको बताइन्छ।

त्यस्तै २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएको टोली समेत प्रतिस्पर्धामा रहेका छन्। उक्त टोलीबाट एसपी सिद्धिबिक्रम शाह बढुवाको दुई नम्बर बरियतामा छन्।

तर, उनी उनी रौतहटका पत्रकारलाई लागूऔषधको नक्कली कारोबारमा फसाएपछि चर्को विवादमा परेर हेडक्वार्टर तानिएका अधिकृत हुन्। उनी अहिले पनि एक नम्बरमा एसएसपीमा बढुवा हुनुपर्ने भन्दै साम, दाम र दण्डभेदको नीतिमा अघि बढेका छन्।

अहिले उनी ललितपुर जिप्रकामा कार्यरत छन्। रौतहट काण्डमा गठित छानबिन समितिले शाहले पत्रकार फसाउन खोजेको रिपोर्ट दिएकाले उनलाई बढुवा हुन त्यति सहज नभएको अर्काथरिको बुझाइ छ।

कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई बढुवा गरिँदा नियम, कानुनको धज्जी उड्ने भन्दै सम्बन्धित अधिकारीहरुले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बतायो।

त्यस्तै राष्ट्रिय अनुसन्धानबाटै आएका सुशीलसिंह राठौर बढुवाको तेस्रो नम्बर बरियतामा छन्। उनी प्रहरी संगठनभित्र विवादरहित प्रहरी अधिकृत हुन्।

आफ्नो ब्याचबाट प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा हुँदा उनी एक नम्बरमा बढुवा भएका थिए। उनी काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन्।

एसपी राठौरले जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सफल कमाण्ड गरिसकेका छन्। हाल उनले बागमती प्रदेश टाफिक प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!