२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

निर्वाचनको समयमा भारतसंग सीमा जोडिएका नाका ७२ घण्टासम्म बन्द गरिने

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

ABC (क्राईमबिट)
धनगढी । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो ।

गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका अन्य आवतजावतका सेवाहरू समेत निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै सिमाना बन्द गरिने निर्णय र दुई देशको जोईन्ट सर्कलले गर्ने अन्य सुरक्षा रणनितिहरुबारे समेत छलफल भएको बताए ।

यसै गरी, भारतीय प्रशासनको प्रतिनिधित्व गर्दै लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी सञ्जय कुमार सिंहले नेपालमा हुन गइरहेको स्थानीय तहको चुनाव भयरहित, निष्पक्ष र धाँधलीमुक्त तरिकाले सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख धन ब। सिंह लगायतका प्रहरी अधिकारीहरू तथा कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा प्रमुख एवम् अधिकारीहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!