०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

आइजिपी क्षेत्रीले प्रहरीहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको दाबी

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गरेका छन् ।

उक्त अवसरमा आईजीपी थापाले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूको लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरूवा/बढुवा गरिएको, अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको बताउनुभयो । नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान बिशेष पहल गरिएको उनले उल्लेख गरे ।

कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उनले प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले आईजीपी थापाले कार्यकालका प्रमुख उपलब्धीहरू सहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक केसीले नेपाल प्रहरी कार्ययोजना २०७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कार्यसम्पादन सम्झौता तथा अनुगमन प्रणाली कार्यान्वयन, नीतिगत सुधार तथा कार्यक्रमहरू, भवन निर्माण, तालिम, अन्वेषणमा आधारित योजना निर्माण र कार्यान्वयन प्रणाली कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, कोरोना रोकथाम तथा नियन्त्रण, नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार हस्तान्तरण, वैदेशिक सहायता, कल्याणकारी कार्यक्रमबारे विश्लेषण सहित जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र उपस्थित सञ्चारकर्मीहरू बीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!