०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

तुलसीपुर उपमहानगरपालिकाको बिद्युत महसुल नबुझाएपछि लाईन काटियो !

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९


(ABC=SANCHAR)
दाङ । तुलसीपुर स्र्माट सिटीका रुपमा परिचित तुलसीपुर उपमहानगरपालिका विद्युत विहीन भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल नबुझाएको भन्दै उपमहानगरपालिकाको विद्युत लाईन काटेको छ । एक हप्ता पहिले नै विद्युत महशुल बुझाउँनको लागि तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेको भए पनि त्यसको कुनै प्रतिउत्तर नआएपछि मंगलबार विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।
अहिले तुलसीपुर उपमहानगरपालिकाको ४ महिनाको विद्युत महशुल बुझाउँन बाँकी छ । जरिमानासहित ४ महिनाको डेढलाख बढी महशुल बुझाउँन बाँकी रहेको प्रमुख फर्सालले बताए । कुनै पनि ग्राहकले रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएको खण्डमा बिना जानकारी उक्त ग्राहकको विद्युत काटिने प्राधिकरणको नियम अनुसार आफुहरुले तुलसीपुर उपमहनगरपालिकाको विद्युत लाईन काटेको उनको भनाई छ । उपमहानगरपालिकाले बक्यौता रकम नबुझाएसम्म वा यती दिनमा पैसा बुझाउँछौ भनी सहमती नगरेसम्म लाईन नजोडिने फर्सालको भनाई छ ।
त्यसैगरी उज्यालो तुलसीपुर बनाउनउने उदेश्यले तुलसीपुरमा जोडिएको सड्क बत्तिको समेत उपमहानगरपालिकाले लामो समयसम्म महशुल बुझाएको छैन् । तुलसीपुरमा जडान गरको सडक बत्तिको मात्रै जरिमानासहित ९० लाख भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । यता तुलसीपुर उपमहानगरपालिकाले भने सड्क बत्ती र उपमहानगरपालिकाको विद्युत महशुल बुझाउँनका लागि केही प्रक्रिया पुरा नभएका कारण विद्युत महशुल बुझाउन समस्या भएको जनाएको छ ।
उमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार मेन सडकहरुमा राखिएको सडक बत्तीहरु संघीय सरकार र प्रदेश सरकारले हेर्ने र साना सड्कहरुमा जडान गरिएको बत्ति स्थानीय सरकारको मातहतमा रहेकाले महशुल बुझाउँन समस्या भएको हो । महशुल बुझाउनको लागि कागजी प्रक्रिया बनाई रहेको बेला विद्युत प्राधिकरणले लाईन काटेको भन्दै विद्युत जोड्नको लागि पहल भई रहेको न्यौपानेले बताए । विद्युत लाईन काटिए पछि अहिले उपमहानगरपालिकामा जेनेटरको सहायताले काम भईरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!