२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नेपालगन्जको नगरभित्रका ग्रामीण ठाँउहरुलाई माथि उठाउने काम गर्ने प्रतिबद्ध बिष्ट

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९


(ABC=SANCHAR)
बाँके । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले नगरभित्रका ग्रामीण क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउएका छन् ।

मतदातालाई भेट्ने क्रममा वडा नम्बर २३ लोहारपुरवा पुगेका विष्टले उपमहानगरभित्र रहेर पनि भौतिक र सामाजिक विकासमा पछि परेका बस्तीहरुलाई माथि उठाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

मलाई जिताउनुस्, म गाउँ र शहरका सबै नागरिकहरुलाई उत्तिकै महत्व दिएर काम गर्छु, ग्रामीण क्षेत्र अझ पछाडि परेकाले अवश्य पनि बढी प्राथमिकता दिएर काम गर्छु, विष्टले भन्नुभयो, सेवा सुविधा दिने कुरामा पनि मेरो विशेष ध्यान रहन्छ । उनले ग्रामीण बजारलाई प्रबद्र्धन गर्ने गरी काम गर्ने पनि बताए ।

नगर प्रमुखका उम्मेदवार विष्टले स्थानीय कृषि उत्पादनहरु बढाउँदै ती उत्पादनले उचित बजार पाउने गरी काम गर्ने उल्लेख गरे । वडा नम्बर २३ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जबर अली बेहना, महिला सदस्य पुनमसिंह ठकुरी, दलित महिला सदस्य नन्कुन्ना खटिक तथा खुला सदस्यका उम्मेदवारहरु सौकत अली बेहना र फारुक दर्जी घरदैलोमा व्यस्त छन् ।

वडा नम्बर १८ मा घरदैलो
यस्तै नगर प्रमुख पदका उम्मेदवार विष्टले आजै वडा नम्बर १८ तेजनगरमा वडाका उम्मेदवारहरुसंगै घरदैलो गरेका छन् । वडा अध्यक्षका उम्मेदवार मंगल प्रसाद बर्मा ९सानु०, महिला सदस्य उम्मेदवार केशु पोख्रेल, दलित महिला सदस्य सरोज खटिक तथा खुला वडा सदस्यका उम्मेदवारहरु राम बहादुर भण्डारी र रामप्रकाश मौर्य पनि घरदैलोमा संगसंगै थिए । घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, काँग्रेसका जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्रीय सभापति रमेश गुप्ता, नेता ललित रौनियार लगायतका नेता कार्यकर्ता पनि संगसंगै हिडेँका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!