
(ABC=SANCHAR)
पर्सा । बिरगंज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । यही ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निवर्तमान मेयरसमेत रहेका सरावगीले जनतासँग भेटघाटलाई निरन्तरता दिएका हुन् । 
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, १०, ३० र ३१ का जनतासँग सरावगीसहित नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवारहरुले भेटघाटलाई तिव्रता दिएका हुन् ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार बिजय कुमार सरावगी र लोसपाबाट उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाले आफुलाई भोट माग्दै घरदैलो गरीरहेका छन् ।