२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले बिचौलियाहरुलाई धमाधम पक्राउ गर्न थालेपछी अनिवार्य परिचयपत्र बोक्न सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २१, २०८२

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ ।

सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा लिन आउने सेवाग्राही, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीले अनिवार्यरूपमा परिचयपत्र बोकेर आउनुपर्नेछ ।

त्यस्तै, अन्य व्यक्तिले पनि कार्यालय प्रवेशद्वारमै परिचय खुल्ने कागजात देखाएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ । साथै, आधिकारिक व्यक्तिबाहेक अन्य कसैले विभिन्न शाखा वा फाँटमा प्रवेश गरी कामकाजमा बाधा नपु¥याउनसमेत कार्यालयले अनुरोध गरेको छ ।

प्रमुख मालपोत अधिकृत सविनसिंह चौधरीले जारी गरेको सूचनामा सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन सबै सेवाग्राहीलाई नियम पालना गर्न आग्रह गरिएको छ ।

चौधरीका अनुसार, …जेनजी आन्दोलनपछि सर्वसाधारणको चाप एक्कासि बढ्दा भवनभित्र अव्यवस्था सिर्जना भएको थियो । æअनावश्यक भीड नियन्त्रण गर्न र सुरक्षा कायम राख्न यस्तो निर्णय लिनुपरेको हो,Æ उनले भने ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]