१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

बाँके प्रहरीले बिचौलियाहरुलाई धमाधम पक्राउ गर्न थालेपछी अनिवार्य परिचयपत्र बोक्न सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २१, २०८२

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ ।

सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा लिन आउने सेवाग्राही, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीले अनिवार्यरूपमा परिचयपत्र बोकेर आउनुपर्नेछ ।

त्यस्तै, अन्य व्यक्तिले पनि कार्यालय प्रवेशद्वारमै परिचय खुल्ने कागजात देखाएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ । साथै, आधिकारिक व्यक्तिबाहेक अन्य कसैले विभिन्न शाखा वा फाँटमा प्रवेश गरी कामकाजमा बाधा नपु¥याउनसमेत कार्यालयले अनुरोध गरेको छ ।

प्रमुख मालपोत अधिकृत सविनसिंह चौधरीले जारी गरेको सूचनामा सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन सबै सेवाग्राहीलाई नियम पालना गर्न आग्रह गरिएको छ ।

चौधरीका अनुसार, …जेनजी आन्दोलनपछि सर्वसाधारणको चाप एक्कासि बढ्दा भवनभित्र अव्यवस्था सिर्जना भएको थियो । æअनावश्यक भीड नियन्त्रण गर्न र सुरक्षा कायम राख्न यस्तो निर्णय लिनुपरेको हो,Æ उनले भने ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]