२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

प्रचण्ड विरुद्ध फेसबुक स्टाटस लेखेको आरोपमा दाङका पत्रकार यज्ञ बहादुर पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९

ABC (क्राईमबिट)
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध फेसबुक स्टाटस लेखेको भन्दै मिडियाकर्मी यज्ञ बहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती पहिचान डटकमका संचालक समेत रहेका बुढाले प्रचण्ड दाङ आए जुत्ता प्रहार गर्छु भन्ने अभिव्यक्ति सामाजिक संजाल फेसबुकमा उल्लेख गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागी नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।अध्यक्ष प्रचण्डले चितवनमा आफनी छोरी रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जाने अभिव्यक्ति प्रति विरोध जनाउदै बुढाले चितवन बासीले सकेनन दाङ आए प्रचण्डलाई जुत्ता प्रहार गर्ने भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको थियो । तर अहिले उक्त स्टाटस बुढाले हटाई सकेका छन् ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!