०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

निर्वाचनलाई निष्पक्ष भयरहित र सुरक्षित सुरक्षा व्यवस्था अझै चुस्त बनाउन आइजिपी सिंहको निर्देशन

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्नुभयो । निर्वाचन लक्षित गतिविधिहरूमा सीमित साधन स्रोतका वावजूद नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै आउँदा दिनमा आउन सक्ने चुनौतिलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाउँदा सुरक्षा व्यवस्था अझै प्रभावकारी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले विगतमा भएका सफल अभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश प्रहरी कार्यालयहरुले एकआपसमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुखहरूले निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक विफ्रिङ गर्नुको साथै निर्वाचनका समयमा हुन सक्ने सम्भाव्य घटना हुन नदिन कानुनसम्मत कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुन सक्ने तस्करी लगायतका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उल्लेख गर्दै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!