०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

५ पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण जवाफ

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९


(ABC=SANCHAR)
काठमाडौं । निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ।

‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघरसंगठनमा आवद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ, मिल्दैन रु पत्र प्राप्त भएको समयले २४ घन्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफसहितको स्पष्टीकरण पेस गर्न निर्देशन छ,’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेर स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए। ‘स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपिल’ विषयको विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड ९ख० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ।

त्यसैगरी ऐ.आचारसंहिताको ऐ। दफाको खण्ड ९घ० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ।

आचारसंहिताविपरीत विज्ञप्ति जारी गरिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। शनिबार सार्वजनिक गरिएको विज्ञप्तिप्रति चौतर्फी आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!