०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

दाङमा चुनावी प्रचारमा चर्चित अभिनेत्री तथा एमाले नेतृ करिस्मा मानन्धर

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९


(ABC=SANCHAR)
दाङ । नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनावी सभाहरु वडास्तरमा भव्यताका साथ सम्पन्न गरेको छ । लमही नगरपालिका वडा नं. ६ को वड्का महरवामा चुनावी सभा सम्पन्न भएको हो ।
नेकपा एमाले लमही नगरपालिका वडा नं. ६ वडा कमिटिका अध्यक्ष शेषमणी अधिकारीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य, संघिय सांसद गंगा थारु सत्गौवाको प्रमुख आतिथ्यतामा सम्पन्न सभालाई सम्वोधन गर्दै थारुले विपक्षी पाँच दलिय गठबन्धन एमसीसी पास गरेवाफत प्राप्त भएको रकमको बलमा चुनाव लड्न तम्सिएको बताए ।
एमसिसि पास गर्ने पाँच दलिय गठबन्धनलाई जनमतबाट हराउनुपर्ने बताएका हुन् । कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जनतामाझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता देखेर विपक्षी अत्तालिएपछी पाँच दलिय गठबन्धन बनाएको बताए ।
त्यो गठबन्धन स्थानीय तहको निर्वाचन पश्चात आफै फुस्किने बताए । चुनावी सभालाई चर्चित अभिनेत्री तथा एमाले नेतृ करिस्मा मानन्धरले एमाले सहि पार्टी भएकै कारण आफु यसमा आवद्ध भएको बताइन् । कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम् लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, प्रदेश कमिटि सदस्य तथा प्रखर वक्ता नारायण डिसी छम्पाली, लमही नगरपालिका मेयर पदका उम्मेदवार दण्डिराम चौधरी, उपमेयर पदका उम्मेदवार शुसीला शर्मा, लमही नगरपालिका वडा नं. ६ का अध्यक्षका उम्मेदवार गोमा बस्नेत लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नगर कमिटि सचिव भानु जोशीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!