२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

स्थानीय निर्वाचन सुरक्षाका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

ABC (क्राईमबिट)
जुम्ला । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाको सुरक्षा संयन्त्रले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । जसमा नेपाल प्रहरी ४ सय ३२,नेपाली सेना ३ सय ५० ,सशस्त्र प्रहरी २ सय ७० र ६ सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । ुनिर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ती खटिइसकेको छु उनले भने । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ ।निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।

त्यस्तै निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन् । उनले भनिन, ुमर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।ु

त्यस्तै नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको बताए । उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुक्षाको लागी कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने बताए ।

त्यस्तै सशस्त्रप्रहरीबल नम्वर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा जिल्ला स्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताए । उनले भने,‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर जुम्लामा केही भौगोलिक हिसावले बिकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडप लगायत चुनौती हुनसक्ने, आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रले योजना बनायर अगाडी बढेको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!