(ABC=SANCHAR)
सुनसरी । दुहबी ९ मा सोमवार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ ।
घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेका बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफूमाथि छुरा प्रहार गरेका हुन् ।
सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता भएको बताए । घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देव माझीले घटनाको अनुसन्धान भइरहेको बताए । यो घटना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन । केही दिन अगाडि मात्र सोही वडाको छाता बेलिमा एमाले कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो