०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

कपिलवस्तु दाङ बाँके बर्दियाको सीमा नाका ७२ घण्टाका लागि बन्द

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

(महेन्द्र सिंह)
बाँके । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तु दाङ बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका शुक्रबार आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनले बताए ।

यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

error: Content is protected !!