२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

मतदाता परिचयपत्र नभए पनि नेपाली नागरिकताले भोट हाल्न पाइने

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्।

मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने पाउने गरी व्यवस्था गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!