ABC (क्राईमबिट)
धनगढी । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका २ स्थित पूर्व-पश्चिम लोकमार्गबाट सोमबार सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कन्चनपुरबाट गस्तीमा खटिएको टोलीलाई टाढैबाट देख्नासाथैे झोला बोकेका व्यक्ति उक्त झोला फाली फरार भएपछि सो झोलामा जाँच गर्दा कटुवा पेस्तोल र सोको एउटा गोली फेला पारिएको हो ।
बरामद पेस्तोल र गोली आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।