२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

मुगुमा नेपाल टेलिकम टावर तोडफोड

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुको सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेको छ । योसहित एकै महिनामा टावरमा तोडफोड भएको तेस्रो पटक हो । सोरु गाँउपालिका ३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफोडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका ३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाको तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

तोडफोडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेको छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएको प्राविधिक टोलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन २६ वैशाख मै पुन तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले जानकारी दिए । डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा व्यवस्था नभएकाले स्थानीयवासी र बादरले पनि क्षति गर्ने गरेको छ । प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेको पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज सोमबार प्रतिनिधिसभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङसँग बैठक हलबाहिर करिब १५ मिनेट छलफल गरे। उनीहरूको कुराकानीको विषय खुलेको छैन। गृहमन्त्री गुरूङले गत बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यसँग फेवाताल किनार आफ्नो जग्गा भएको बताएका थिए। यसले विवाद उत्पन्न भएपछि उनले उक्त जग्गा व्यवसाय […]

एजेन्सी । अनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ। युद्धविराम सम्झौता भएन भनेचाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन्। जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन्। उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन्।

काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट कार्यालय समय हेरफेर गरिएको हो । हिजो आइतबार बसेको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार […]

error: Content is protected !!