०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

मापसे गरेर मतदानस्थलमा जान नपाइने, निर्वाचन आयोग अरु के-के गर्न पाइँदैन ?

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९


(ABC=SANCHAR)
काठमाडौं । निर्वाचन आयोगले मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने जनाएको छ । बुधबार शुक्रबार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै वस्तु लैजान नपाइने जनाएको छ । आयोगले यस्ता कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालन गर्नमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सरोकारवालाहरूलाई अपिल गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

error: Content is protected !!