०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गर्ने गाडी गौतमबुद्ध लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल ल्याइयो

Logo
प्रकाशित बिहिबार, बैशाख २९, २०७९


(ABC=SANCHAR)
भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन् ।

भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

वायुसेनाको विमान सुरक्षाकर्मी र गाडी यहाँ छाडेर दिल्ली फिर्ता भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए। उनका अनुसार कूटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ सुरक्षाकर्मी र गाडी लिएर भैरहवा आएको हो । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

error: Content is protected !!