२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

ईप्रका भालुवाङ प्रहरीको सफलता एक युवककाे हत्यामा संलग्न १ युवतीसहित ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २१, २०८२

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् ।

घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुली निवासी बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ काे निश्चल चाैधरी र राप्ती गाउँपालिका कै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । प्रहरीले घटना भएकाे थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीकाे टाेलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनकाे प्रमाण सहित पुष्टि गरेकाे प्रहरीले जनाएकाे छ ।

बिहिबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियाे । उक्त घटना बारे प्रहरीलाई बिहिबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेकाे थियाे । मृतक प्रधानको शरिरमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरेकाे हुन सक्ने बताईएकाे छ । यस्तै एक किशाेर घाईते अवस्थामा भेटिएका थिए ।

मृतक प्रधान संगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ । थापा खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ ।आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु बिहिबार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएकाे बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!