२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

पत्रकारलाई निर्वाचनको रिपोर्टिङ गर्न विशेष पास नचाहिने निर्वाचन आयोग

Logo
प्रकाशित बिहिबार, बैशाख २९, २०७९

?
(ABC=SANCHAR)
काठमाडौं । नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनुपर्ने छैन । यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ । यसअघि विशेष पास बिना रिपोर्टिङ गर्न नपाइने व्यवस्था आयोगले गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज सोमबार प्रतिनिधिसभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङसँग बैठक हलबाहिर करिब १५ मिनेट छलफल गरे। उनीहरूको कुराकानीको विषय खुलेको छैन। गृहमन्त्री गुरूङले गत बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यसँग फेवाताल किनार आफ्नो जग्गा भएको बताएका थिए। यसले विवाद उत्पन्न भएपछि उनले उक्त जग्गा व्यवसाय […]

एजेन्सी । अनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ। युद्धविराम सम्झौता भएन भनेचाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन्। जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन्। उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन्।

काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट कार्यालय समय हेरफेर गरिएको हो । हिजो आइतबार बसेको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार […]

error: Content is protected !!