०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

लमजुङमा एमाले र काङ्ग्रेस कर्याकर्ता बीच झडप हुन्दा किरियापुत्री कुटिए

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । लमजुङमा मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बेंसीशहर नगरपालिका वडा नम्बर ११ स्थित एक मतदान केन्द्रमा कांग्रेस निकट किरीयापुत्री भोट हाल्न जाँदा उनलाई सघाउन अर्का व्यक्ति पनि सँगै गएको भन्दै एमाले कार्यकर्ताले विवाद गरेका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको हो ।

किरीयापुत्री मनोज पन्त आफूसँगै सहयोगी लिएर छिर्दा ११ नम्बर वडाका निर्वतमान अध्यक्ष एमाले निकट अच्युत बगाले थापा नेतृत्वको टोली कुटपिटमा उत्रिएको हो । कांग्रेस समर्थकहरु पनि थापाको टोलीमाथि कुटपिटमा उत्रिएपछि झडप भएको हो । झडपमा कांंग्रेस सर्मथक प्रवल पन्त र निराजन पन्त घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मतदान स्थलमा एकाएक कांग्रेस मतदाताको संख्या बढेपछि एमाले कार्यकर्ताले अबरोध गर्न खोजेका स्थानीयले बताए । अवरोध गर्न खोजेपछि कांग्रेस समर्थक र एमाले नेता कार्यकर्ताबीच बिबाद र धकेलाधकेल भएपछि कुटपिट सुरु भएको थियो । सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाले झडप साम्य पारेको थियो । एक घन्टाभन्दा धेरै तनावको स्थिति आएपछि पुन मतदान सुरु भएको बेसीशहर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!