०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट गरेर भाग्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

(ABC=SANCHAR) रौतहट । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दिनभर जसो झडप भएको थियो । सो मतदान केन्द्रबाट मटपेटिका लुटपाट गरेर एक समूह दौडिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!