२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

५ जना डीआईजीहरु जेठमा एआईजीमा बढुवा हुँदै पहिलो नम्बरमा उत्तम सुबेदी

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको उच्च पदमा बढुवाको गृहकार्य थालेको छ । यहि बैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनलगत्तै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गर्ने तयारी थालिएको छ ।

नेपाल प्रहरीमा हाल चार एआईजीको दरबन्दी रिक्त छ । यसअगाडीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसंगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु हरीबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्नकुमार कार्की र बसन्तकुमार पन्तले बैशाख १८ गतेदेखि ३० बर्षे सेवाहदको कारण अनिवार्य अवकास पाएका थिए ।

उनिहरुमध्ये गतसाता प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसमा परेका लामाले एआईजीको ५६ बर्षे उमेरहदका कारण जेठ ७ देखि अनिवार्य अवकाश पाँउदैछन् । लामाको अवकाशपश्चात् नेपाल प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त हुनेछ ।

गृहमन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार स्थानिय निकायको निर्वाचनलगत्तै जेठ पहिलो साता नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी गरिएको छ ।

रिक्त पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी छ । डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा अनि डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।

हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरुमध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

error: Content is protected !!